बिहीबार १९ भाद्र, २०८२
भदाै १९ काठमाडौं ,नेपाल सरकारले फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागिआजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेश र यसअघि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियाे।
सरकारले बारम्बार ताकेता गर्दा पनि फेसबुक लगायत २६ वटा सामाजिक सञ्चालन सञ्चालक कम्पनीहरूले बेवास्ता गरेर अटेर गरेकाे कारण बाध्य भएर सरकारले बन्ध गर्ने निर्णय गर्नुपरेकाे जानकारी गराउदै नेपाल सरकारको सम्पर्कमा आएर ती सामाजिक सञ्जालहरूले नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढाएमा क्रमशः खोलिदिने निर्णय समेत भएको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले जनाएकाे छ ।
टिकट ,भाईवर लगायत केही सामाजिक सञ्जालहरू भने यस अघिनै नेपालमा दर्ताभैसकेकाेले यथावत रहने छ ।
