बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

संविधान दिवसको उपलक्ष्यमा एमाले रामेछाप द्वारा र्‍याली तथा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न ।

शुक्रबार ३ आश्विन, २०८२ Bichar Batika 1678


संविधान दिवसको उपलक्ष्यमा एमाले रामेछाप द्वारा र्‍याली तथा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न ।

असोज ३ रामेछाप ,राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा नेकपा (एमाले) रामेछाप जिल्ला कमिटी द्वारा आयोजीत सदरमुकाम मन्थलीमा कार्याकर्ता भेला तथा र्‍याली गरि मनाएकाे छ ।

रामेछाप  जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाकाे अध्यक्षता तथा  पार्टीका  पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाईँकाे प्रमुख आतिथ्यामा आयाेजना गरिएकाे कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव  माधव ढुङ्गेल, केन्द्रीय सदस्य  गीता कार्की, बागमती प्रदेश सचिवालय सदस्य शान्ति प्रसाद पौडेललगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

भेलामा प्रदेश, जिल्ला, पालिका र वडा तहका नेता–कार्यकर्ता तथा जनवर्गीय संगठनका अगुवाहरूको उल्लेख्य सहभागिता रहेको जिल्ला कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी गराउनु भयाे ।
विकसित घटनाक्रमलाई मध्यनजर गर्दै रामेछापका सम्पूर्ण पालिका, वडा, जनसंगठन र पार्टी पंक्तिलाई आ–आफ्नो कार्यक्षेत्रमा पार्टी काम थप सक्रिय रूपमा सञ्चालन गर्न निर्देशन दिने निर्णय गर्दै संविधान र लोकतन्त्रको पक्षमा दृढतापूर्वक लाग्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा संघसंस्थाहरूलाई सातबुदे प्रेस विज्ञप्ति जारी गरि  आह्वान गरेको छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु