शुक्रबार १८ बैशाख, २०८३ (Friday May 01, 2026)

अनाथ आश्रममा फरक तरिकाले मनाए श्रेष्ठ दम्पतीले आफ्नाे जन्मदिन ।

आईतवार १९ आश्विन, २०८२ डि बि श्रेष्ठ 1716


अनाथ आश्रममा फरक तरिकाले मनाए श्रेष्ठ दम्पतीले आफ्नाे जन्मदिन ।

असाेज १९ काठमाडौं , विचार वाटिका डट कमका सञ्चालक समेत रहेका युवा व्यवसायी कुमार श्रेष्ठ र श्रेष्ठका धर्मपत्नी सुधा श्रेष्ठले नयाँ बानेश्वर संगम चाेकमा अबस्थित  नेपाल बाल सेवा फाउण्डेशनमा रहेकाे अनाथ तथा असहाय बालबालिकाहरू बिच आफ्नाे जन्मदिन फरक तरिकाले मनाएकाे छ ।

 विचार वाटिका डट कमका अध्यक्ष दिल बहादुर श्रेष्ठ , व्यवस्थापक देव कुमारी श्रेष्ठ , सञ्चालक खिल बहादुर श्रेष्ठ ,ऋषिराम श्रेष्ठ लगायतको उपस्थितिमा बाल सेवा फाउण्डेशनमा रहेकाे ४० जना अनाथ तथा असहाय बालबालिकाहरू लाई दशैकाे टीका जमरा लगाई बालबालिकाकाे माझ केक काटी श्रेष्ठ  दम्पतीले सबै बालबालिकाहरू लाई साँझकाे खाना समेत खुवाएर आफ्नाे जन्मदिन मनाएकाे थियाे ।

सधै महङ्गो रेष्टुरेन्टमा गएर धेरै खर्चगरि जन्मदिन मनाउनु भन्दा यस्तै अनाथ असहाय बालबालिका लाई खाना खुवाएर आफ्नाे जन्मदिन मनाउने साेच पहिलेई देखि आएकाे थियाे याे बर्ष आफ्नाे र आफ्नाे परिवारकाे जन्मदिन दशैमैपरेकाेलेअनाथअसहाय बालबालिकालाई 
दशैकाे टीका जमरा लगाई दिएर जन्मदिन मनाउन पाउँद छुट्टै रमाइलो महसुस भएकाे श्रेष्ठले बताउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु