बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

देउराली सहकारीकाे २७ औं वार्षिक साधारणसभा बाट अध्यक्षमा पुन रैका मगर निर्विरोध निर्वाचित ।

शनिबार २२ कार्तिक, २०८२ डि बि श्रेष्ठ , 1588


देउराली सहकारीकाे २७ औं वार्षिक साधारणसभा बाट  अध्यक्षमा पुन रैका मगर निर्विरोध निर्वाचित  ।

कात्तिक २२ काठमाडौं , देउराली बचत तथा ऋण सहकारी संस्था लि.काे २७ औं वार्षिक साधारणसभा बाट चार वर्षकाे लागि रक्षा बहादुर रैका मगर अध्यक्षमा पुन निर्विरोध निर्वाचित हुनुभएकाे छ ।

सामाजिक विकास समाज भवन अनामनगरमा रक्षा बहादुर रैका मगरकाे अध्यक्षता ,दुर्गा बहादुर आच्छामीकाे सञ्चालन तथा बागमती प्रदेशका पूर्व मन्त्री प्रदेश सांसद दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा आयाेजना गरिएकाे वार्षिक साधारणसभाले अध्यक्षमा रैका मगर सगै उपाध्यक्षमा हरि बहादुर श्रेष्ठ , सचिव दुर्गा बहादुर आच्छामी  ,काेषाध्यक्ष ईश्वर श्रेष्ठ लगायत नाै सदस्य सञ्चालक समिति र संयाेजक हरि बहादुर मगर लगायत तीन सदस्य लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएकाे प्रमुख निर्वाचन अधिकृत तथा अधिवक्ता गुरु भक्त निराैंलाले कार्यक्रममा जानकारी गराउनु भयाे ।

  कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ सगै एन एम बि बैंका डाइरेक्टर वरिष्ठ अधिवक्ता हरिश्चन्द्र सुवेदी ,सहकारीको सल्लाहकार तथा वरिष्ठ अधिवक्ता रमेशकुमार राेका, सहकारीको सल्लाहकार तथा अधिवक्ता गुरु भक्त निराैला, सल्लाहकार ओम प्रसाद उप्रेती लगायत विभिन्न वरिष्ठ व्यक्तित्वहरूकाे अतिथिमा उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा जेष्ठ सदस्य झपड बहादुर मगर र असल ऋणी अनिल खत्री लगायत लाई सम्मान समेत गरेकाे थियो ।

तस्वीर :- bicharbatika.com




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु