शुक्रबार १८ बैशाख, २०८३ (Friday May 01, 2026)

काठमाडौंमा राष्ट्रिय अपाँग महासंघ नेपालको सामाजिक परीक्षण सम्पन्न ।

बुधबार १६ पुष, २०८२ Bichar Batika 1321


काठमाडौंमा राष्ट्रिय अपाँग महासंघ नेपालको सामाजिक परीक्षण सम्पन्न ।

पुष १६ काठमाडौं , सामाजिक जवाफदेहिता अभिबृद्धि गर्नका लागि राष्ट्रिय अपाँग महासंघ नेपालको सामाजिक परीक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।
महासंघका संघिय अध्यक्ष देबिदत्त आचार्यको अध्यक्षतामा सम्पन्न भएकाे सामाजिक परीक्षण कार्यक्रममा महासंघको बार्षिक प्रतिबेदन महासचिव सुगम भट्राईले र सामाजिक परीक्षण प्रतिबेदन नमस्कार  शाहले प्रस्तुत गरेका थिए । 
अधिकृत रोशन न्यौपाले महासघले सञ्चालन  गरेका परियोजनाकाे  बारेमा जानकारी दिएको थियाे कार्यक्रममा महासंघका पूर्ब अध्यक्ष डा.बिरेन्द्रराज पाेख्रेल लय प्रसाद उप्रेती लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रममा बिभिन्न सरोकारवालाहरुले आफ्ना  बिचारहरु राखेका थिए , नेपाल नेत्रहिन संघका महासचिव कलाधर भण्डारीले अपाङ्ताको आयआर्जन र रोजगारीको लागि दिगो श्रोतको खोजि गर्दै नयाँ नयाँ संस्थाहरुलाई महासंघले सहयोग गर्नु पर्ने बताउदै 
निर्वाचनमा अपाङ्गता, समाबेशिताको सवाल जोड्न माग गरेका थिय । 
अपाँगता अधिकारकर्मी गिरीधारी सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था महासंघको पैरबिबाट सम्भव भएको बताए । एक्सेस प्लानेटकी लक्ष्मी नेपालले अपाङ्गता भएका बालिकाको मुद्दामा आवाज उठाउनु पर्ने बताईन् । तेह्रथुमकी नरमाया लिम्बूले अपाङ्ग परिचयपत्र गुणस्तरिय हुनु पर्ने बताए ,महासंघका पूर्व अध्यक्ष दिपक कोईरालाले महासंघका कामहरुलाई थप प्रचार, प्रसार गर्नुपर्ने बताए , जेनजी प्रतिनिधि मदन रोकायले महासंघ भित्र युथ एडभाईजेरी काउन्सिल बनाउनु पर्ने बताए ,अपाँगता अधिकारकर्मी नबिना ज्ञवालीले महासंघले उधमशिलतालाई समेट्नु पर्ने बताईन।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु