बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

गायक आयुष मगरको स्वर ,संगीत र अभियान रहेको नयाँ  गीत ‘कान्छी’ सार्वजनिक।

मंगलवार २७ माघ, २०८२ Bichar Batika 1225


गायक आयुष मगरको स्वर ,संगीत र अभियान रहेको  नयाँ  गीत ‘कान्छी’ सार्वजनिक।

माघ २७ काठमाडौं ,गायक आयुष मगरको स्वर ,संगीत र अभियान रहेको  नयाँ  गीत ‘कान्छी’ सार्वजनिक भएको  छ,मगरको प्रेमिल शैलीको  यो गीतले सार्वजनिक भएकाे छाेटाे समयमै दर्शक–श्रोताको ध्यान तान्न सफल भएकाे छ 

यसअघि आयुष मगरका चर्चित गीतहरू ‘लैजानेछु तिमीलाई’ र ‘माया पनि बसेकै थियो’ युट्युबको मिलियन क्लबमा प्रवेश गरिसकेका छन्,ती सफल गीतहरूपछि सार्वजनिक भएको ‘कान्छी’ले पनि राम्रो चर्चा बटुलिरहेको छ, गीतको शब्द टेकेश भण्डारीले लेखेका हुन् भने संगीत संयोजन  उदय राज पौडेलले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा आयुष मगर र भगिशा मगर मुख्य भूमिकामा देखिएका छन्,  भिडियोमा गोविन्द राई, विवेक रोका, कमल बुढाथोकी, सन्तोष बुढा मगर, सरोज बुढा मगर र विजय बुढा मगरको समेत अभिनय रहेको छ।
भिडियोको नृत्य निर्देशन तथा पटकथा गोविन्द राईले सम्हालेका छन्, छायांकन तथा निर्माण  एनवाइसी नेपाली लाइफ स्टाइल  प्रोडक्सनको ब्यानरमा सम्पन्न गरिएको हो, भिडियोको सम्पादन तथा रङ संयोजन बिजेश पौडेलले गरेका छन् भने पोस्ट–प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको छ।

सांगीतिक रूपमा लोक–आधुनिक स्वाद मिसिएको ‘कान्छी’ले प्रेमभाव र नेपालीपनलाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरेको छ,गायक मगरको युट्युव च्यानल "आयुष मगर" मार्फत सार्वजनिक गरिएको यस गीतले आयुष मगरको सांगीतिक यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थप्ने विश्वास गरिएको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु