आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

राहत कोषको नाममा नक्कली कारोबार देखाएर ठगी गरेको आरोपमा रामेछापमा रास्वपाका कार्यकर्ता पक्राउ

आईतवार १४ भाद्र, २०८३ Bichar Batika 1429


राहत कोषको नाममा नक्कली कारोबार देखाएर ठगी गरेको आरोपमा रामेछापमा रास्वपाका कार्यकर्ता पक्राउ

भदाै १४ रामेछाप , प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम प्रयोग गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउँदै ठगी गरेको आरोपमा रामेछाप प्रहरीले रास्वपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्की रहेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।

प्रहरीका अनुसार कार्कीले आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख २० हजार सहयोग गरेको दाबी गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए,तर प्रहरीले गरेको अनुसन्धानका क्रममा उनले उक्त रकम कोषमा जम्मा नगरेको खुलेको छ,अनुसन्धानका क्रममा कार्कीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गरी ई–सेवाको नक्कली ट्रान्जेक्सन स्टेटमेन्ट तयार पारेको समेत फेला परेको प्रहरीले जनाएको छ।
कार्कीले सोही नक्कली स्टेटमेन्ट सामाजिक सञ्जालमा सार्वजनिक गर्नुका साथै आफ्नो व्यक्तिगत क्यूआर कोडसमेत राखेर अन्य व्यक्तिलाई राहत कोषमा सहयोग गर्न आह्वान गर्दै आएको प्रहरीको भनाइ छ।
राहत कोषमा रकम पठाएको ठानी सर्वसाधारणले उनको व्यक्तिगत खातामा पैसा पठाउन सक्ने जोखिम देखिएपछि प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले कार्कीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी गराउनु हुदै प्रहरीले विपद् तथा राहतका नाममा सामाजिक सञ्जालमा आउने अपिल र आर्थिक सहयोगसम्बन्धी विवरणको आधिकारिकता यकिन गरेर मात्र रकम पठाउन सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु