आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

दुई संसदीय समितिको बैठक आज बस्दै : रसुवा बाढीको पर्यटन प्रभाव र विशेष सेवा विधेयकमाथि छलफल

बुधबार १७ भाद्र, २०८३ Bichar Batika 1194


दुई संसदीय समितिको बैठक आज बस्दै : रसुवा बाढीको पर्यटन प्रभाव र विशेष सेवा विधेयकमाथि छलफल

भदौ  १७ काठमाडौं , संघीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बुधबार बस्दैछ, आजका बैठकमा रसुवा बाढी तथा पहिरोले पर्यटन क्षेत्रमा पारेको प्रभाव र नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयकमाथि छलफल हुने भएको छ।
संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ, बैठकमा रसुवामा आएको बाढी तथा पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव, पर्यटन पूर्वाधारमा भएको क्षति तथा त्यसपछिको अवस्थाबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ,उक्त बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गरिने संसद् सचिवालयले जनाएको छ, दुवै समितिले आ–आफ्नो निर्धारित कार्यसूचीअनुसार सम्बन्धित विषयमा छलफल गर्दै आवश्यक निर्णय प्रक्रिया अघि बढाउनेछन्




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु