शुक्रबार १ जेष्ठ, २०८३ (Friday May 15, 2026)

पत्रकार महासंघ भक्तपुर द्वारा वरिष्ठ पत्रकार बस्नेत,पत्रकार दुवाल, नेपाल र क्षेत्री सम्मानित

आईतवार २७ जेष्ठ, २०८१ विचारवाटिका 2037


पत्रकार महासंघ भक्तपुर द्वारा  वरिष्ठ पत्रकार बस्नेत,पत्रकार दुवाल, नेपाल र क्षेत्री सम्मानित

जेठ २७ भक्तपुर ,पाल पत्रकार महासंघ भक्तपुर शाखाको शनिवार सम्पन्न ९औँ अधिवेशन तथा साधारण सभाले वरिष्ठ पत्रकार माथवर सिंह थापा सहित ४ जना पत्रकारलाई सम्मान गरिएको छ ।

कार्यक्रममा वरिष्ठ पत्रकार माथवर सिंह बस्नेतलाई ५ हजार नगद सहित वरिष्ठ पत्रकार सम्मान दिइएको थियो । यसै गरी राजधानी दैनिकका पत्रकार तथा पत्रकारिता अध्यापक पूर्णभक्त दुवाललाई नगद रु १५ हजार रुपैयाँसहित स्व. भगवान्, राजकुमार महर्जन स्मृति पुरस्कार प्रदान गरिएको थियो । 

यसैंगरी ५–५ हजार नगदसहित चन्द्रकला क्षेत्री भगवतीलाई महिला पत्रकारिता पुरस्कार र कृष्ण प्रसाद नेपाललाई स्व. मैयाँदेवी शिल्पकार स्मृति पुरस्कारबाट सम्मान गरिएको थियो 

भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाको प्रमुख आतिथ्ययतामा भएको साधारण सभामा यथाशीघ्र महाधिवेशन गरी पत्रकारहरूको साझा संगठनकाे  छवि सुधार्नुपर्ने आवाज उठेको थियो । 

सदस्यता विवादका कारण शनिवार हुनुपर्ने महासंघको नयाँ नेतृत्व चयन अन्योलमा रहेको छ । 

प्रेस युनियन, भक्तपुरले गरेको बहिष्कारका बिच पत्रकार महासंघ  भक्तपुर शाखाको ९औँ अधिवेशन तथा साधारण सभाको शनिवार कार्यक्रममा प्रमुख अतिथि थापाले राजनीतिक दलभित्र कम्युनिस्ट नाम राखेर कमाउने काम गरिरहेका पार्टी विरुद्ध अन्तिम हदसम्म लड्ने बताए । 

उनले वास्तविक पत्रकारभन्दा यूट्युवेहरु सक्रिय भइरहेको अवस्थामा पत्रकारहरूले सत्य तथ्य समाचार सम्प्रेषण गरी प्रतिस्पर्धा गर्न जोड दिए । लोकतान्त्रिक गणतन्त्रमा कुनै अप्ठेरो आएमा पत्रकारितामार्फत नै सुल्झाउनुपर्ने बताउँदै उनले हरेक समाचारमा सन्तुलन कायम गर्नुपर्ने औँल्याए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठले  दैनिक रूपमा हजारौँको सङ्ख्यामा वैदेशिक रोजगारीमा गएका जनतालाई रोक्न सञ्चारमाध्यमहरूले पत्रकारिताको धर्म निर्वाह गर्नुपर्ने आवश्यकतामा जोड दिए । 

पत्रकार महासंघका  पूर्व अध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पत्रकार महासंघ  समस्याबाट नभाग्ने बताउँदै जस्तोसुकै समस्याको समाधानका लागि अघि बढ्ने बताए ।  देशभरका १३ हजारबाट ७-८ हजारको सङ्ख्यामा पत्रकारहरूको शुद्धीकरण गर्नु पनि ठुलो काम भएको उनको भनाइ छ ।

कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र था श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संगका  महासचिव नवीन प्रजापति, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष माथवर सिंह बस्नेत, पत्रकार महासंघका  केन्द्रीय प्रतिनिधि बबिन शर्मा, ज्ञानप्रसाद पौडेल, ललिता शाह, उपत्यका प्रदेशका अध्यक्ष सुजन झा, काठमाडौँ शाखा अध्यक्ष सूर्य सुवेदी, ललितपुर शाखा अध्यक्ष सागर न्यौपानेलगायत विभिन्न संग संस्थाका प्रतिनिधिले अधिवेशन र साधारण सभाको सफलताको शुभकामना दिएका थिए । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु