शुक्रबार १ जेष्ठ, २०८३ (Friday May 15, 2026)

खानेपानीकै लागि बस्ति सार्नु पर्ने अवस्थाको अन्त गर्छाैं :- मन्त्री यादव ।

आईतवार २१ बैशाख, २०८२ Bichar Batika 1683


खानेपानीकै लागि बस्ति सार्नु पर्ने अवस्थाको अन्त गर्छाैं :- मन्त्री यादव ।

बैशाख २१ ईलाम , ईलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै खानेपानी  मन्त्री  प्रदिप यादवले देशका विभिन्न ग्रामीण बस्तीमा अहिले पनि शुद्ध खानेपानीको अभावले थुप्रै समस्या देखापरेकाले ती समस्या समाधान गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनु हहुदै  “खानेपानी समस्याकै कारण देशका कयौँ ठाउँमा अहिले पनि नागरिकले बस्ति सार्नु पर्ने अवस्था रहेकाेले  सरकारले खानेपानीका समस्या समाधानका लागि ठोस योजनाहरु अघि सारि काम गरिरहेकाे र ती याेजनाहरू सम्पन्न हुने बित्तिकै  खानेपानीकै लागि बस्ति सार्नु पर्ने अवस्थाको अन्ते हुने बताउनु भयाे ।

मन्त्री यादवले सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने “विपद्का कारण भत्किएका खानेपानीका आयोजनाहरु र अधुरा खानेपानी आयोजनाको मर्मत गरी पानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रुपमा सञ्चालन गर्ने ” याेजना रहेको समेत जानकारी गराउनु भयाे ।

 मन्त्री यादवले आगामी वर्ष सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्‍याउने हेतुले सिङ्गो मन्त्रालय लागि परेको बताउनु हुदै “म बोलेको कुरा पुरा गर्ने व्यक्ति हुँ , म आफ्नो बाँचा अनुसार नागरिकका घर घरमा शुद्ध खानेपानी पुर्‍याउने हेतुले अहिले देशका दुर्गमदेखि सुगम ठाउँमा पुग्दैछु नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी अवश्य पुर्‍याउने बाचा गर्दै,बिगतका समयमा अधुरा रहेका र बाढीले क्षति गरेका खानेपानीका आयोजनाहरु निर्माण सम्पन्न भइरहेको बताउनु हुँदै “मैले मन्त्रालय सम्हालेदेखि बिगतका अधुरा रहेका खानेपानीका आयोजनाहरु पुरा भएका छन्  सिङ्हदरबारदेखि दुर्गमक्षेत्र सम्म अब शुद्ध खानेपानी बितरण अब छिटै हुन गहिरहेकाे मन्त्री यादवले बताउनु भयाे ।

श्रीअन्तु समालबुङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष राजु बम्जनको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा इलाम क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य महेश बस्नेत, कोशी प्रदेश सभा सुसासन तथा योजना समितिका सभापति खगेश्वरी पौडेल (बन्दना), प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री शमसेर राई, सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका प्रमुख उत्सव पोख्रेल लगायतका स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु