शनिबार २९ कार्तिक, २०८३ (Saturday November 14, 2026)

यमपञ्चकको तेस्रो दिन आज औँसी, गाईको पूजा गरिँदै

सोमबार २४ कार्तिक, २०८३ Bichar Batika 1224


यमपञ्चकको तेस्रो दिन आज औँसी, गाईको पूजा गरिँदै

कार्तिक २३, काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीका दिन गाईको पूजा गरी मनाइँदै छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको तिहारको आजको दिन गाईलाई लक्ष्मीको प्रतीकका रूपमा मानेर श्रद्धापूर्वक पूजा गर्ने परम्परा रहेको छ।
हिन्दु धर्मशास्त्रअनुसार गाईलाई पवित्र जनावरका रूपमा लिइन्छ। गाईमा देवीदेवताको बास हुने धार्मिक विश्वासका कारण आज बिहानैदेखि घरघरमा गाईलाई नुहाइदिने, फूलमाला लगाइदिने, टीका लगाउने तथा मिठामिठा परिकार खुवाएर पूजा गर्ने गरिन्छ।
गाईलाई हिन्दु धर्ममा माता लक्ष्मीको प्रतीकका रूपमा समेत मानिने भएकाले आजको दिन गाईको पूजा गरे धन, सम्पत्ति, सुख र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु