आईतवार १६ मंसिर, २०८१ (Sunday December 01, 2024)

ओली–प्रचण्डको नेकपा खारेज

आईतवार २३ फाल्गुन, २०७७ विचारवाटिका 1969


ओली–प्रचण्डको नेकपा खारेज

फागुन २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता सर्वोच्च अदालतले ऋषि कट्टेललाई दिएको छ । 

कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले उनलाई दिएको हो ।

अब यो फैसलासँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

२०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । उक्त पार्टी निर्वाचन आयोगमा त्यसभन्दा पहिले नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।

२०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि दुई वर्षपछि आज फैसला भएको छ । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता दिएसँगै ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ ।

यदि ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर नाम नदिए नेकपा विवाद अर्को झमेलमा फस्नेछ र दलको दर्ता खारेजसम्म हुनसक्छ ।




मतहरू

Replica Air Force 1

Colour-wise, the pair provides a phase of a jogging Nike Sportwear pack that involves heavily-tumbled sail leathers. Also, the Dark Beetroot has a patent leather and mossy green shades. Simply like that viewed on this Replica Air Force 1.


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु