आईतवार १८ आश्विन, २०८३ (Sunday October 04, 2026)

समाज

गोठगाउँ सरोकार समाजको सातौँ साधारणसभा : देवकुमारी श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत

असाेज १७ काठमाडौं । गोठगाउँ सरोकार समाजको सातौँ वार्षिक साधारणसभाले देवकुमारी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित  गरेको छ। साधारणसभाले समाजको आगामी कार्यदिशा, संस्थागत सुदृढीकरण तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको हो।...

गोठगाउँ सरोकार समाजको सातौँ वार्षिक साधारणसभा : वार्षिक समीक्षा र आगामी कार्यदिशामा छलफल

असाेज १५ काठमाडौं । गोठगाउँ सरोकार समाजले आफ्नो सातौँ वार्षिक साधारणसभा तथा बडा दसैँको शुभकामना आदानप्रदान कार्यक्रम २०८३ असोज १७ गते शनिबार काठमाडौंको जडीबुटी चोकस्थित क्लासिकल दरबारमा  आयोजना गर्न गहिरहेकाे छ । बिहान ११ बजेदेखि सुरु हुने साधारणसभामा समाजले पछिल्लो कार्यकालमा  सञ्चालन गर...

क्रोएसियामा ज्यान गुमाएकी उजेलीको परिवारलाई एमालेको राहत

असोज १३ रामेछाप । वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा ज्यान गुमाएकी रामेछाप नगरपालिका–६, अख्रेनीकी २० वर्षीया उजेली विकको परिवारलाई नेकपा एमालेले खाद्यान्न सामग्री सहयोग गरेको छ। एमाले रामेछाप नगर कमिटी र रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चले विकको घरमै पुगेर १० बोरा चामल, दाल, तेललगायत...

झरी थामिएसँगै देशभर मौसम खुल्यो, तराईमा तापक्रम बढ्ने

असोज१३ काठमाडौं । लगातार पाँच दिनसम्म परेको वर्षा रोकिएसँगै देशभरको मौसममा सुधार आएको छ। आइतबार रातिदेखि वर्षा थामिएपछि अधिकांश क्षेत्रमा आकाश खुलेको छ भने जनजीवनसमेत क्रमशः सामान्य बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा छिटफुट वर्षाबाहेक ठूलो वर्षा भएको छैन। पश्चिममा आइ...

आजको जेनेरेसन युवाको मनको कुरा

असाेज १३ काठमाडौं ।आजको युवा सपना देख्न डराएको होइन,तर सपना पूरा गर्ने बाटो कठिन हुँदै गएको छ, देशमा व्यापार–व्यवसाय चलायमान छैन, लगानी गर्न खोज्दा जोखिम धेरै छ र रोजगारीको खोजीमा धेरै युवा विदेशिन बाध्य छन्। आफ्नै देशमा केही गरौँ भन्ने चाहना हुँदाहुँदै पनि अवसर र वातावरणको अभावले मनमा न...

घरेलु तथा साना उद्योगमा बागमती सरकारको नीति सुधार : मुख्यमन्त्री मगर

असाेज १२ काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवद्र्धन, औद्योगिक सुरक्षा र नयाँ उद्यमी उत्पादनलाई प्राथमिकतामा राख्दै आवश्यक नीतिगत तथा कानुनी सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघको माइतीघरस्थित सचिवालयमा आयोजित छलफलमा...

अविरल वर्षाले राजमार्गमा कहर : सात राष्ट्रिय सडक अवरुद्ध, यात्रु अलपत्र

असोज १२  काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौँ उपत्यका जोड्ने प्रमुख राजमार्गहरूमा यातायात अस्तव्यस्त बनेको छ। पृथ्वीराजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएपछि लामो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन्। धादिङको गजुरी&ndash...

बागलुङमा पहिरोको कहर : एकै परिवारका चारजनाको मृत्यु

असोज ११ बागलुङ। लगातारको वर्षासँगै आएको पहिरोमा पुरिएर बागलुङमा एकै परिवारका चारजनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विक पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिनुभयो। प्रहरीका...

सोह्र श्राद्ध आजदेखि सुरु, प्रतिपदा तिथिमा पितृको स्मरण र तर्पण

असाेज ११ काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु हुँदैछ। यस वर्ष असोज कृष्ण प्रतिपदाबाट सुरु हुने सोह्र श्राद्ध असोज ११ गते आइतबार (२७ सेप्टेम्बर २०२६) बाट सुरु भई असोज २४ गते शनिबार (१० अक्टोबर २०२६) औँसीका दिन पितृ विसर्जनसँगै...

आज इन्द्रजात्रा : उपत्यकामा सार्वजनिक बिदा, हनुमानढोकामा भव्य जात्रा

असाेज ९ काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक एवम् सांस्कृतिक पर्व इन्द्रजात्रा आज शुक्रबार धुमधामका साथ मनाइँदैछ,इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा काठमाडौंको मौलिक संस्कृति, धार्मिक आस्था र ऐतिहासिक परम्परासँग ज...

आगजनीले खरानी बनेको टंगाल भाटभटेनी एक वर्षपछि नयाँ स्वरूपमा फर्कियो

असाेज ६ काठमाडौं , जेन–जी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको टंगालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य कार्यालय तथा स्टोर पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ। आगलागीबाट भवन, संरचना, उपकरण तथा ठूलो परिमाणमा सामग्री नष्ट भएपछि बन्द भएको टंगाल स्टोरलाई करिब एक वर्षको पुनर्निर...

विद्यालयमा दलीय राजनीति रोक्न सरकार कडा, शिक्षकमाथि निगरानी र कारबाही

असोज ५ काठमाडौं ,शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका गतिविधिमा संलग्न भएको पाइए निगरानी गरी प्रचलित कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका छन्। सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषय सार्वज...

त्रिपुरेश्वरमा बसमा आगजनी, चालक गम्भीर घाइते

असाेज ५ काठमाडौं, काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि रिदिसिद्धि यातायातको बसमा आगजनी हुँदा बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रारम्भिक जानकारीअनुसार आगलागी हुँदा बसभित्र चालक मात्र रहेका थिए, आगलागीमा परी गम्भीर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ।...

मनास्लुमा हिमपहिरोको कहर : नेपाली गाइडसहित दुई आरोहीको मृत्यु

असाेज ५ काठमाडौं, मनास्लु हिमालको तेस्रो शिविरमा आएको हिमपहिरोमा पुरिएर भारतीय मूलका जर्मन आरोही ध्रुवज्योति गुहा र नेपाली आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको छ। शनिबार तेस्रो शिविर पुगेका उनीहरू राति मौसम बिग्रिएसँगै आएको हिमपहिरोमा टेन्टसहित पुरिएका थिए। आइतबार बिहान सम्पर्कविहीन भएपछि उ...

आज असोज ३ : संविधानको स्मरण, कार्यान्वयनको संकल्प

असाेज ३ काठमाडौं ,नेपालमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइन्छ,२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाइँदै आएको हो।  नेपालको संविधान २०७२ असोज ३ गते नेपाल राजपत्रमा प्रकाशित भएको आधिकारिक अभिलेखमा उल्लेख छ,नेपाल...

विमानस्थलबाट एक महिनामा १ किलो ६४३ ग्राम सुनसहित ४५ जना पक्राउ

असाेज २ काठमाडौं ,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामै १ किलो ६ सय ४३ ग्राम सुनसहित ४५ जना पक्राउ परेका छन्। विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउन १ देखि भदौ ३१ गतेसम्म अवैध रूपमा सुन ओसारपसार तथा तस्करी गर्ने गतिविधिमाथि निगरानी र सुरक्षा जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्,बरामद...

आज विश्वकर्मा पूजा : औजार र श्रमको सम्मान गर्ने पर्व

असाेज १ काठमाडौँ ,असोज १ गते आज देशभर विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदैछ, कलकारखाना, उद्योग, वर्कसप तथा निर्माणस्थलमा प्रयोग हुने औजार, मेसिन, उपकरण र सवारीसाधनको पूजा गरी यो पर्व मनाउने गरिन्छ। हिन्दू धार्मिक परम्परामा विश्वकर्मालाई देवशिल्पी तथा वास्तुविद्का रूपमा सम्मान गरिन्छ, निर्माण, शि...

मगर समुदायको पहिचान जोगाउन एकताबद्ध हुन मुख्यमन्त्री थापा मगरको आग्रह

भदौ ३१ पाेखरा,बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा मगर समुदायको ऐतिहासिक योगदान रहेको बताउँदै भाषा, संस्कृति र पहिचान संरक्षणका लागि एकताबद्ध हुन आग्रह गरेका छन्। नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको २२औँ स्मृति दिवसका अवसरमा बुधबार पो...

इन्द्रसरोवरमा ईभी दुर्घटना : चार जनाको मृत्यु, तीन घाइतेको अवस्था गम्भीर

 भदौ ३१ मकवानपुर , मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्लेमा यात्रुवाहक ईभी गाडी  भीरबाट खस्दा चार जनाको मृत्यु भएको छ, दुर्घटनामा चार जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा नवलपरासी पूर्व...

बाढीपहिरो पीडितका लागि रोयल एवान र फास्टफुड एसोसिएसनद्वारा ८ लाख ८ हजार ८८८ रुपैयाँ सहयोग

भदौ ३० काठमाडौं, त्रिशूली, भोटेकोशी, रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रोयल एवान इन्भेस्टमेन्ट प्रालि र फास्टफुड एसोसिएसन नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्। रोयल एवान इन्भेस्टमेन्ट प्रालिले ५ लाख ५ हजार...