बुधबार ३ मंसिर, २०८३ (Wednesday November 18, 2026)

सिन्धुलीमा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

मंगलवार २ मंसिर, २०८३ Bichar Batika 1115


सिन्धुलीमा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

मंसिर १, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति करिब १ बजे सामान्य विवादका क्रममा ४२ वर्षीय मनोज कार्कीले आफ्नी ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीको टाउकोमा लोहोरोले प्रहार गरेका थिए । लोहोरो प्रहारबाट गम्भीर घाइते भएकी सानुकुमारीको मृत्यु भएको जनाइएको छ ।
घटनाबारे राति १ः१५ बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरी टोलीले घटनामा संलग्न मनोज कार्कीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु