सोमबार १ मंसिर, २०८३
कार्तिक ३०, काठमाडौं । तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन राजदूतले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ ग्रहण गर्नेहरूमा भारतका लागि नेपाली राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि नेपाली राजदूत डा. कल्याणराज शर्मा र इजरायलका लागि नेपाली राजदूत सुरेश कर्ण रहेका छन् ।
राष्ट्रपति पौडेलसमक्ष उनीहरूले आ–आफ्नो पदको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धतासहित पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।