शुक्रबार ११ आश्विन, २०८१
असाेज ११ रामेछाप , नेकपा ( एमाले ) रामेछाप जिल्ला कमिटीको तेस्राे पूर्ण बैठक बाट उपाध्यक्ष ,सचिव ,उप-सचिवहरू लगायत १०३ सदस्यहरू कार्य विभाजन भएकाे छ ।
जिल्ला कमिटी अध्यक्ष पुरूषाेत्तम कडरियाकाे अध्यक्षता ,सचिव प्रकाश कुमार कार्कीको सञ्चालन ,नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा तथा पाेलिटव्युराे सदस्य कमल चाैलागाई लगायत केन्द्रीय सदस्यहरू ,बागमती प्रदेश कमिटी अध्यक्ष कैैलाश प्रसाद ढुङ्गेल लगायत सदस्यहरूकाे आतिथ्यतामा सञ्चालन भएकाे तेस्राे पूर्ण बैठकले कार्य विभाजन सहित नाैं वटा निर्णयहरू माथी छलफल गरि सर्व सहतमले पारित गरिएकाे रामेछाप जिल्ला कमिटी प्रचारप्रसार विभाग प्रमुख राकेश श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।
बैठकमा पालिका कमिटी अध्यक्षहरू तथा रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्षले आफ्नाे कमिटीले गरेकाे गतिविधिकाे लिखित रिपोर्टिङ गर्नुकाे साथै प्रमुख अतिथि डा. राजन भट्टराई ,अतिथिहरू कमल प्रसाद चाैलागाई, केन्द्रीय सदस्य तथा निवर्तमान रामेछाप जिल्ला इन्चार्ज गणेश पहाडी , केन्द्रीय सदस्य ,संगठन विभाग सचिव तथा रामेछाप क्षेत्र नं. ख इन्चार्ज माधब ढुङ्गेल, केन्द्रीय सदस्य तथा रामेछाप क्षेत्र नं. क इन्चार्ज गिता कार्की , बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलले संक्षिप्त निर्देशनात्मकत तथा प्रशिक्षणात्मक मन्तव्य राख्नु भएकाे समेत प्रचारप्रसार विभाग प्रमुख श्रेष्ठले जानकारी गराउनु भयाे।