मंगलवार ४ चैत्र, २०८१ (Tuesday March 18, 2025)

डेङ्गु संक्रमण तीव्र १९हजार संक्रमित ९ जनाकाे मृत्यु ।

बुधबार ३० आश्विन, २०८१ डिबि श्रेष्ठ 1365


डेङ्गु संक्रमण तीव्र १९हजार  संक्रमित ९ जनाकाे मृत्यु ।

असाेज ३० काठमाडौं , अहिले जताततै डेङ्गु संक्रमण तीव्ररूपमा फैलिरहेकाे छ, राेग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार देशभर डेङ्गु संक्रमितकाे संख्या १९ हजार ५ सय ९९ पुगेकाे छ भने डेङ्गु संक्रमण बाट मृत्यु हुनेकाे संख्या ९ जना पुगेकाे जनाएकाे छ ।
शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पताल टेकुका रिसर्च युनिटका संयाेजक तथा संक्रामक राेग बिशेषज्ञ डा. शेर बहादुर पुनकाे अनुसार पाेस्ट मनसुन सुरू हुदा डेङ्गुकाे जाेखिम बढ्ने सम्भावना हुन्छ , यहिले डेङ्गु संक्रमित ७६ जिल्ला मध्ये काठमाडौंमा सबैभन्दा धेरै देखिएकाे छ ।
डेङ्गु एडिस एजिप्टाई  जातकाे पाेथि लामखुट्टेकाे टाेकाईबाट सर्ने एक प्रकारको सरूवा राेग हाे,याे राेग बाट बच्न लामखुट्टेकाे टाेकाइ बाट बच्नु पर्छ, लामखुट्टेकाे टाेकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने ,खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढलकाे पाईप चुहिएको छभने तत्काल मर्मत गर्ने खाली भाँडाकुँडा घाेप्ट्याएर राख्ने ,सुत्नेबेला झुलभित्र शुत्ने गरेमा लामखुट्टेबाट बच्न सकिन्छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु