शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

कर्णाली सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने

सोमबार २० बैशाख, २०७८ विचारवाटिका 1210


कर्णाली सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने

वैशाख २०, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रुपैयाँ दिने निणर्य कर्णाली प्रदेश सरकारले गरेको छ । 

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोभिडका कारण मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप एक लाख रुपैयाँ उपलब्ध गराउने निणर्य गरेको प्रदेश सरकारकी प्रवक्ता विमला केसीले बताइन् ।

‘नागरिकलाई विपद्को घडीमा राहत दिने हेतुले यस्तो निणर्य गरिएको हो,’ आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेकी केसीले भनिन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु