सोमबार २३ श्रावण, २०७९ (Monday August 08, 2022)

एक लाख फाइजर खोप अमेरिकाबाट आउँदै

सोमबार ८ कार्तिक, २०७८ विचारवाटिका 1390


एक लाख फाइजर खोप अमेरिकाबाट आउँदै

कात्तिक ८, काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै छ ।

अमेरिकाले अनुदानमा उपलब्ध गराएको १ लाख ६२० फाइजर खोप आज नेपाल आउन लागेको हो । 

यसअघि अमेरिकाले एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार डोज कोरोना खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले संयुक्त रुपमा निर्माण गरेको फाइजर खोप १२ वर्षभन्दा माथिका उमेर समूहमा प्रभावकारी हुने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले जनाएको छ । एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु