सोमबार १ मंसिर, २०८३ (Monday November 16, 2026)

एनपीएल : लिग चरणका अन्तिम दुई खेल आज, चितवन र काठमान्डु मैदानमा उत्रिँदै

आईतवार ३० कार्तिक, २०८३ Bichar Batika 1227


एनपीएल : लिग चरणका अन्तिम दुई खेल आज, चितवन र काठमान्डु मैदानमा उत्रिँदै

कार्तिक २९, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणका अन्तिम दुई खेल आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछन्।
आज मध्याह्न १२:३० बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
चितवन र काठमान्डु प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् भने कर्णाली र पोखरा प्रतियोगिताबाट बाहिरिसकेका छन्। यद्यपि, आजको खेल काठमान्डु गोर्खाजका लागि निकै महत्त्वपूर्ण रहनेछ।
एक खेल खेल्न बाँकी रहँदा काठमान्डु ८ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ। आज पोखरा एभेन्जर्सविरुद्ध जित निकाल्दै रनरेटमा समेत सुधार गर्न सके काठमान्डुले १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सलाई उछिनेर शीर्ष दुईमा स्थान बनाउन सक्नेछ।
शीर्ष दुईमा रहन सके काठमान्डुले पहिलो क्वालिफायर खेल्ने अवसर पाउनेछ। उक्त खेलमा पराजित भए पनि फाइनल प्रवेशका लागि अर्को अवसर प्राप्त गर्नेछ।
यता, चितवन राइनोजको लक्ष्य पनि आज कर्णाली याक्सलाई पराजित गर्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्नु हुनेछ।
लिग चरणका अन्तिम दुई खेलसँगै एनपीएलको प्लेअफ समीकरण थप स्पष्ट हुनेछ। 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु