शुक्रबार १८ चैत्र, २०७८
चैत १८ रामेछाप ,नेकपा एमाले निकट युवा व्यवसायी रामेछाप –दुरागाउँ निवासी रामकाजी कार्कीले चैत १२ गते रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर रजयछापका आगलागी पिडित पाँच परिवारलाई दुई लाख बराबरको भान्छा कोठामा चाहिने सम्पूर्ण एक सेट सामाग्री सहयोग गर्नु भएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य गिता कार्कीको नेतृत्वमा काठमाडौं बाट समाजसेवी रामकाजी कार्की ,राष्ट्रिय युवा संघ नेपालीको केन्द्रीय सदस्य तथा रामेछापका इन्चार्ज बाबुलाल ज्ञापक, रामेछाप –काठमाडौं सम्पर्क मञ्चको कोषाध्यक्ष तथा रामेछाप नगर –काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष दिलिप श्रेष्ठ ,नेकपा एमालेका युवा नेता टाइम बस्नेत ,रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चको सदस्य सुकाजोर निवासी रामेश्वर बस्नेत लगायतको टोली चैत १७ गते विहिवार घटना स्थल रजयछाप पुगि नेकपा एमाले रामेछाप नगर कमिटीको अध्यक्ष रोशन पाख्रीन,सचिव सुन्दर घिमिरे ,उपसचिव माधब ढकाल ,रामेछाप जिल्ला कमिटी सदस्य तारा रैका मगर,उमेश विक्रम थापा,राम बहादुर बुढाथोकी ,स्थानीय नेता धुर्ब बस्नेत लगाएतको उपस्थितिमा सामाग्री हस्तान्तरण गर्नुभएको थियो।
त्रिपुरेश्वर रियल स्टेट र त्रिपुरेश्वर एग्रीकल्चरका सञ्चालक व्यवसायी कार्कीले यश अघिपनि विभिन्न विद्यालय ,संघ संस्थाहरूलाई सहयोग गर्नुका साथै समस्या परेका व्यक्तिहरूलाई समेत सहयोग गर्दै आउनु भएको छ ।
रजयछापको पिडित परिवारलाई एमालेका बागमती प्रदेश कमिटी सदस्य गौतमले पनि केहि दिन अगाडि मात्र छ लाख बराबरको सामाग्री सहयोग गर्नु भएको थियोे।