शुक्रबार १ श्रावण, २०७८
साउन १, काठमाडौं । शुक्रबार बिहान १० बजे बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवेश गरेका छन् ।
देउवा गत मंगलबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।
बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका प्रधानमन्त्री देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् ।