आईतवार २४ कार्तिक, २०८२ (Sunday November 09, 2025)

म्यादी प्रहरी :एक लाख माग्दा तीन लाखले दिए आवेदन

आईतवार १३ चैत्र, २०७८ विचारवाटिका 1989


म्यादी प्रहरी :एक लाख माग्दा तीन लाखले दिए आवेदन

चैत १३ काठमाडौं, बैशाख ३०मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका छन् । 

चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन आह्वान गरेको एक लाख म्यादी प्रहरीका लागि झण्डै तीन लाख जनाले आवेदन दिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए ।
 
केसीका अनुसार सबैभन्दा बढी आवेदन मधेश प्रदेशमा परेको छ । ‘सबैभन्दा बढी मधेश प्रदेशमा ६८ हजार ६ जनाको आवेदन परेको छ’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केसीले भने, ‘मधेशपछि लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५६ हजार ५६० जनाको आवेदन परेको छ ।’

प्रवक्ता केसीका अनुसार प्रदेश नं. १ मा ५० हजार ९४४, बागमतीमा २७ हजार ८३४, उपत्यकामा १३ हजार ९५०, गण्डकीमा २५ हजार ५०, कर्णालीमा २१ हजार २४५ र सुदूरपश्चिममा २९ हजार ७१४ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका छन् । आवेदन दिएकाहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको केसीले बताए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु