शनिबार ६ कार्तिक, २०७८ (Saturday October 23, 2021)

जेष्ठ सहकारीले याे वर्ष ३१ कराेड २५ लाख भन्दा माथि आम्दानी गर्न सफल

शनिबार १६ आश्विन, २०७८ विचारवाटिका 1637


जेष्ठ सहकारीले याे वर्ष ३१ कराेड २५ लाख भन्दा माथि आम्दानी गर्न सफल

असाेज १६, काठमाडौं । जेष्ठ बचत तथा ऋण सहकारी संस्था लि.ले काेराेनाकाे महामारीमा समेत याे वर्ष विभिन्न शिर्षक मार्फत ३१ कराेड २५ लाख २७ हजार ८ सय १२ रूपैया ६३ पैसा कुल आम्दानी गर्न सफल भएकाे छ।

सहकारीको १३औं वार्षिक साधारणसभामा अध्यक्ष ईन्दिरा अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै संस्था काे कुल काराेबार गत आ.व.मा रू २ अर्ब ५ लाख १५ हजार ११ रूपैयाँ १७ पैसा रहेकोमा यश आ.ब. कुल काराेबार २ अर्ब ५२ कराेड ४१ लाख ३४ हजार ७ सय ४० रूपैयाँ २५ पैसा रहेकाे व्यहाेरा जानकारी गराउनु भयाे,जुन गत बर्ष भन्दा २६.१७ प्रतिशतले वृद्धि भएकाे थियाे।

अध्यक्ष अधिकारीले यश आ.व.मा संस्थागत कर्जा ४७ कराेड ३७ लाख ४९ हजार २ सय ५६ रूपैयाँ ९४ पैसा रहेकाे ,कुल आम्दानीमा यश आ.ब.काे जम्मा खर्च २८ कराेड ३३लाख ७० हजार २ सय ८८ रूपैयाँ ९९पैसा कटाई संस्थाले यश आ.ब.मा खुद नाफा १ कराेड ४९ लाख ९ हजार ६ सय ९० रूपैयाँ ४६ पैसा रहेकाे आफ्नाे वार्षिक प्रतिवेदनमा प्रस्तुत गर्नु भएकाे थियाे।

अध्यक्ष अधिकारीले आगामी आ.व.२०७८/०७९ काे बार्षिक बजेट तथा कार्यक्रमहरू, बजेट तथा कार्यक्रमहरूकाे उदेश्य सगै आ.व. २०७८/०७९ मा संस्थाकाे आफ्नै भवनबाट सदस्यहरूलाई सेवा सुविधा दिन सुचारु गरिने समेत आफ्नाे वार्षिक प्रतिवेदन मार्फत जानकारी गराउनु भयाे।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु