आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

सुर्खेत जाँदै गरेकाे बस रातानाङ्लामा दुर्घटना , चार जनाकाे मृत्यु छबिस जना घाइते ।

शुक्रबार २३ कार्तिक, २०८१ Bichar Batika 1645


सुर्खेत जाँदै गरेकाे बस रातानाङ्लामा दुर्घटना , चार जनाकाे मृत्यु छबिस जना घाइते ।

कार्तिक २३ सुर्खेत , कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको फाेर्स बस आज दिउसाे दैलेख बाट सुर्खेत जाँदै गर्दा सुर्खेतको बीरेन्द्रनगर न.पा. १४ रातानाङ्लामा दुर्घटना हुदा चार जनाकाे मृत्यु र छबिस जना घाइते भएकाे सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी गराउनु भयाे ।


 दुर्घटनाको खबर आउनसाथ सुर्खेतका प्रहरी प्रमुख सहितको टाेली घटनास्थलमा पुगी स्थानीयहरूकाे सहयाेगमा घटनास्थलबाट तीस जनालाई उद्वार गरि सुर्खेतस्थित कर्णाली प्रदेशिका अस्पताल पठाएकोमा चिकित्सकले चार जना मृत्यक घाेषणा गरेकाे र छबिस जना घाइतेको उपचार भैरहेकाे जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पाैडेलले जानकारी गराउनु भयाे , घटनास्थल बाट प्रहरीहरूले जानकारी गराय अनुसार बस सडक बाट १०० मिटर पुगेकाे थियाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु