बुधबार १० मंसिर, २०८३
मंसिर ९, रामेछाप । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका रामेछापका नवराज श्रेष्ठको आज हिन्दु परम्पराअनुसार कुशको शव बनाई अन्त्येष्टि गरिएको छ ।

रसुवाको टिमुरेबाट बाढीमा परी सम्पर्कविहीन भएका रामेछाप जिल्ला, रामेछाप नगरपालिका–१, गोठगाउँ–गोठपानीका नवराज श्रेष्ठको पशुपति आर्यघाटमा कुशको प्रतीकात्मक शव बनाई धार्मिक विधिअनुसार दाहसंस्कार गरिएको हो ।
गत भदौ १० गतेदेखि लामो समयसम्म खोजी गर्दा पनिश्रेष्ठको अहिलेसम्म न सास भेटियो न त शव नै , लामो समयसम्म कुनै खबर नआएपछि आफन्त तथा परिवारजनको रोहबरमा हिन्दु धार्मिक परम्पराअनुसार कुशको शव बनाई अन्तिम संस्कार गरिएको पारिवारिक सदस्यले जानकारी दिएका छन् ।
बाढीमा परी बेपत्ता भएका आफन्तको अवस्था लामो समयसम्म अज्ञात रहेपछि परिवारले बाध्य भएर गरेको यस धार्मिक संस्कारले आफन्तजन तथा गोठगाउँवासीलाई थप भावुक र शोकाकुल बनाएको छ ।