आईतवार १८ आश्विन, २०८३ (Sunday October 04, 2026)

गोठगाउँ सरोकार समाजको सातौँ साधारणसभा : देवकुमारी श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत

शनिबार १७ आश्विन, २०८३ Bichar Batika 1183


गोठगाउँ सरोकार समाजको सातौँ साधारणसभा : देवकुमारी श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत

असाेज १७ काठमाडौं । गोठगाउँ सरोकार समाजको सातौँ वार्षिक साधारणसभाले देवकुमारी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित  गरेको छ।

साधारणसभाले समाजको आगामी कार्यदिशा, संस्थागत सुदृढीकरण तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको हो।
अध्यक्ष सगै साधारणसभाबाट उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ (विष्णु), सचिवमा दिलबहादुर श्रेष्ठ (दिलीप), सहसचिवमा केशरबहादुर कार्की र कोषाध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।
त्यसैगरी सञ्चालक समिति सदस्यहरूमा खिलबहादुर श्रेष्ठ, यशोदा श्रेष्ठ, राजकुमार श्रेष्ठ, तेजबहादुर कार्की (राजन), मिना तामाङ, प्रविन श्रेष्ठ, हिरामाया वि.क. र राधिका थापा निर्वाचित  भएका छन्।

 संजय कुमार थापाकाे अध्यक्षता  मीनबहादुर श्रेष्ठ (विष्णु) काे सञ्चालन तथा नेपाल सरकारका उपसचिव नवराज सापकोटाकाे प्रमुख आतिथ्यतामा सञ्चालन भएकाे साधारणसभा कार्यक्रममा अधिवक्ता यामप्रसाद भट्टराई, समाजसेवी हरिबहादुर कार्की, विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिलबहादुर श्रेष्ठ, अधिवक्ता राजकुमार श्रेष्ठ, समावेशी खिलबहादुर कार्की, धनबहादुर कार्की, सुजन कार्की, पत्रकार रविन थापा लगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा समाजका सदस्यहरूको अतिथिमा उपस्थिति रहेको थियो।

सातौँ वार्षिक साधारणसभाले संस्थाको विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सामाजिक एकता, आपसी सहयोग, समुदायको हित र संस्थागत विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने विषयमा समेत छलफल गरेको थियो। सर्वसम्मत रूपमा नेतृत्व चयन हुनुलाई समाजभित्रको आपसी सहकार्य र एकताको महत्वपूर्ण आधारका रूपमा लिइएको छ।
नवनिर्वाचित अध्यक्ष देवकुमारी श्रेष्ठको नेतृत्वमा समाजले आगामी दिनमा समुदायका आवश्यकता पहिचान गर्दै सामाजिक सेवा, सहकार्य र संस्थागत गतिविधिलाई थप व्यवस्थित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु