शनिबार १० बैशाख, २०७९
बैशाख १० काठमाडौं ,नेकपा एमाले रामेछाप नगर सम्पर्क मञ्चले नयाँ वर्ष २०७९ सालको भित्तेपात्रो लोकार्पण गरेको छ।
बैशाख ९ गते सम्राट पार्टी प्यालेस नयाँ बजारमा बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशोक कुमार ठकुरीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि नयाँ वर्षको शुभकामना आदानप्रदान भित्तेपात्रो लोकार्पण तथा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेको छ।
नगर सम्पर्क मञ्चको अध्यक्ष दिलिप श्रेष्ठको अध्यक्षतामा आयोजना गरियको कार्यक्रममा प्रमुख अतिथि ठकुरी सगै विषेश अतिथि राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कार्यालय सदस्य कृष्णहरि केसी ,ब्लड डोनर्स एसोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाका अध्यक्ष जनक कुमार खड्का,सम्पर्क मञ्चका पूर्व अध्यक्ष रमेशकुमार रोका,सम्पर्क मञ्चको पूर्व सल्लाहकार सदस्य तथा नगर सम्पर्क मञ्चको प्रमुख सल्लाहकार कुमार घिमिरे ,बागमती प्रदेश सम्पर्क कमिटीको सचिवालय सदस्य तथा रामेछाप –काठमाडौं सम्पर्क मञ्चको इन्चार्ज टेक बहादुर श्रेष्ठ ,रामेछाप –काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष राकेश श्रेष्ठ ,रामेछाप जिल्ला कमिटी सदस्य तथा रामेछाप नगरको उप प्रमुखको उमेदवार सीता कुमारी खत्री ,रामेछाप नगर कमिटी उपाध्यक्ष हरि बहादुर प्रधान ,रामेछाप जिल्ला सम्पर्क मञ्चको सदस्यहरू,सम्पर्क मञ्च अन्तरगत विभिन्न पालीका सम्पर्क मञ्चको अध्यक्ष हरू र रामेछाप नगर कमिटीको सदस्य हरू अतिथि रहेको थियो ।
कार्यक्रममा माघ २९ गते नगर सम्पर्क मञ्च द्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा रक्त दान गर्नुहुने चालीस जना दाताहरूलाई प्रमाणपत्र ,कार्ड वितरण गर्नुका साथै रामेछाप –काठमाडौं सम्पर्क मञ्चको ११औं अधिवेशन बाट कोषाध्यक्ष पदमा निर्वाचित भएकोले नगर सम्पर्क मञ्चको अध्यक्ष दिलिप श्रेष्ठले दुवै पदमा रहेरकाम गर्न समयको अभावको कारण अध्यक्ष पद नगर सम्पर्क मञ्चको उपाध्यक्ष संजय कुमार लामालाई कार्यभार अध्यक्ष घोषणा गरि नगर सम्पर्क मञ्चको सल्लाहकार सदस्य रहि सल्लाहकारको भुमिकामा रहनेगरि नगर सम्पर्क मञ्चको जिम्मेवारी हस्तान्तरण गरेको नगर सम्पर्क मञ्चको सचिव तुलसी श्रेष्ठले विचार वाटीकालाई जानकारी गराउनु भयो।
तस्बिर:खिल बहादुर श्रेष्ठ