शनिबार १२ श्रावण, २०८१
श्रवण १२ काठमाडौं , नेकपा (एमाले) दाेरम्बा शैलुङ - काठमाडौं सम्पर्क मञ्चको दाेस्राे सम्मेलन बाट पुन अध्यक्षमा किरण तिवारी सर्व सहमत निर्वाचित भएकाे छ ।
दाेरम्बा शैैलुङ - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष किरण तिवारीकाे अध्यक्षता तथा नेकपा ( एमाले) केन्द्रीय कमिटी सदस्य तथा संगठन विभाग सचिव माधब ढुङ्गेलकाे प्रमुख आतिथ्यतामा तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयाेजना भएकाे दाेस्राे सम्मेलन बाट अध्यक्षमा तिवारी सगै उपाध्यक्षमा धन बहादुर श्रेष्ठ र टीका माया थापा मगर ,सचिवमा राजकुमार नगरकाेटी ,उपसचिवमा गाेविन्द थापा मगर र निर्मला लामा (श्रेष्ठ ) लगायत २५ सदस्यीय कमिटी सर्व सहमत निर्वाचित गरि दाेस्राे सम्मेलन समापन भएकाे छ ।