आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

मन्थली नगर सम्पर्क मञ्चद्वारा आयोजित  बृहत रक्तदान कार्यक्रम सम्पन्न

शनिबार ६ श्रावण, २०८० विचारवाटिका 2466


मन्थली नगर सम्पर्क मञ्चद्वारा आयोजित  बृहत रक्तदान कार्यक्रम सम्पन्न

साउन ६ काठमाडौं , नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं  स्मृति दिवसको अवसरमा नेकपा एमाले मन्थली नगर–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित बृहत् रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।


   नेकपा एमालेका केन्द्रीय सदस्य माधब ढुङ्गेल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा केन्द्रीय सदस्य गिता कार्की ,केन्द्रीय सम्पर्क समन्वय कमिटीको संयोजक श्याम कुमार बस्नेत लगायतका नेताहरू,बागमती प्रदेश कमिटीको सदस्य केशर बुढाथोकी लगायतका नेताहरू, बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशोक कुमार ठकुरी लगायतका नेताहरू,रामेछाप –काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठ लगायत पदाधिकारी तथा सदस्यहरू, रामेछाप जिल्ला कमिटीको सदस्यहरू ,विभिन्न पालिका सम्पर्क मञ्चका अध्यक्ष लगायत पदाधिकारीहरू कार्यक्रममा अतिथि रहनु भएको थियो ।


 नेपाल रेडक्रस सोसाईटी ललितपुर शाखा ललितपुर रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरियको कार्यक्रम लाई न्यु भिजन इन्टरप्राईजेज सुकेधारा,रामेछाप फ्रुट सेन्टर कुलेश्वोर , भिमेश्वरी सप्लायर्स तथा तारकेश्वर ट्रेड इन्टरप्राइजेज कोटेश्वर काठमाडौं ,हिमचुली फुड प्याकेजिङ उद्योग बानेश्वर ,मा पलान्चोक बेकरी उद्योग सरस्वती नगर कपन,चिसापानी कृषि तथा पशुपन्छी फर्म मन्थली –८ चिसापानी ,बागमती प्रदेश सम्पर्क कमिटीको सचिवालय सदस्य तथा रामेछाप सम्पर्क मञ्चका इन्चार्ज टेकबहादुर श्रेष्ठ ,रामेछाप –काठमाडौं सम्पर्क मञ्चका सचिव प्रमोद भण्डारी (रविन्द्र) ,क्षेत्रीय सम्पर्क मञ्च ख का अध्यक्ष विशाल श्रेष्ठ ,मन्थली नगर अन्तर्गत सालु–काठमाडौं सम्पर्क मञ्चका सचिव निशान श्रेष्ठ लगायतले आर्थिक सहयोग गर्नुको साथै विचार वाटिका मिडिया प्रा.लि.ले प्रचारप्रसार गरेर कार्यक्रम सफलताको साथ सम्पन्न गर्न सहयोग पुर्याएको कार्यक्रमका अध्यक्ष तथा मन्थली नगर –काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले जानकारी गराउनु हुँदै कार्यक्रममा उपस्थिति भएर आफ्नो  अमुल्य रगत दान गर्नु हुने सम्पूर्ण रक्तदाताहरू ,कार्यक्रम लाई सफल पार्न विभिन्न माध्यम बाट सहयोग पुर्याउनु हुने सहयोग दाताहरू लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण जनालाई अध्यक्ष श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु