शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

निःशुल्क आँखा शिविर तथा साँस्कृतिक कार्यक्रमका साथ देउरालीको २५ औं बार्षिक साधारणसभा सम्पन्न 

शनिबार ६ आश्विन, २०८० विचारवाटिका 2292


निःशुल्क आँखा शिविर तथा साँस्कृतिक कार्यक्रमका साथ देउरालीको २५ औं बार्षिक साधारणसभा सम्पन्न 

 असोज ६ काठमाडौं , “समृद्धिको लागि उज्यालो “ भन्ने मुल नाराको साथ सहकारी ऐन २०४८ बमोजिम डिभिजन सहकारी कार्यालय काठमाडौंमा २०५५ सालमा दर्ताभै केही सिमित सदस्यहरू बाट सुरूवात गरेको देउराली बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्यहरूको लागि निःशुल्क आँखा शिविर  तथा विविध साँस्कृतिक कार्यक्रमका साथ २५ औं बार्षिक साधारणसभा सम्पन्न गर्न सफल भएको छ ।

   सहकारी संस्थाका अध्यक्ष रक्ष बहादुर रैका मगरको अध्यक्षता तथा समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिका पूर्व अध्यक्ष ,पूर्व न्यायाधीश ,सत्य निरूपण तथा मेलमिलाप आयोगको पूर्व अध्यक्ष युवराज सुवेदीको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा वरिष्ठ अधिवक्ता रमेशकुमार रोका,हरिस्चन्द्र सुवेदी ,प्राध्यापक लक्ष्मणराज रेग्मी ,सामाजिक बिकास समाज अनामनगरका अध्यक्ष ओम प्रसाद उप्रेती ,अधिवक्ता गुरूभक्त निरौला,शेर बहादुर रैका मगर संस्थाका सल्लाहकार मनोज बुढाथोकी ,पूर्व अध्यक्ष यक्ष बहादुर दर्लामी ,लाफा ग्रुपका अध्यक्ष हिरा माया आले, सामाजिक बिकास समाज अनामनगरका महिला विभाग प्रमुख रश्मि थापा मगर,समाजसेवी तथा पूर्व डि यस पि राम बहादुर पौडेल लगायतका व्यक्तिहरू अतिथिको रूपमा उपस्थित हुनुभएको थियो ।

  साधारणसभामा संस्थाका अध्यक्ष रैका मगरले आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन तथा आ.व. २०८०/०८१को भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष ईश्वर श्रेष्ठले आ.व. २०७९/०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकोमा दुबै प्रतिवेदलाई उपस्थित शेयर सदस्यहरू सत्त प्रतिशतले तालि बजायर पास गरेको थियो ।


  कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,अतिथिहरूले अहिले बजारमा सहकारी प्रति नेगेटिभ प्रचारप्रसार भैरहेको अबस्थामा पनि यस देउराली बचत तथा ऋण सहकारीले राम्रो प्रगति गर्न सफल भएकोमा संचालक टिमलाई धन्यवाद दिदै आगामी दिनहरूमा पनि अझै प्रगति गर्न सफलता मिलोस भनी शुभकामना व्यक्त गर्नुभएको थियो ।


 सभामा उपस्थित एक सय भन्दा धेरै शेयर सदस्यहरूको ASG Eye Care & Health Service Pvt. Ltd. को प्रविधिक सहयोगमा निःशुल्क आँखा चेकजाँच गर्नुका साथै  चर्चित कलाकार सम्झना लामिछाने मगर र सूर्य पूर्वछाने मगरले भर्पुर मनोरञ्जन गरायको थियो।

 




मतहरू

cue sports

Excellent to the point article and news.. Well appreciated, My sites: cue sports


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु