मंगलवार २५ जेष्ठ, २०७८
जेठ २५, काठमाडौं । अक्सिजनका धेरै खाली सिलिन्डरहरु व्यक्तिका घर, टोल र आइसोलेसन सेन्टरमा थुप्रिएको भन्दै ती सिलिन्डर उद्योगसम्म पुर्याइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेलख गरे अनुसार ती सिलिन्डरहरु समयमै भर्नका लागि सम्बन्धित उद्योगहरुमा नपुग्दा समग्र आपूर्ति प्रणालीमा असर गर्ने हुन्छ र अस्पतालमा जटिल उपचारमा रहनु भएका व्यक्तिहरुलाई अप्ठेरो पर्न जान्छ ।
विज्ञप्तिमा भनिएको छ ‘जुनसुकै व्यक्ति, संस्था, निकायहरुले जुनसुकै बहनामा लैजानुभएका अक्सिजन सिलिन्डरहरु यथासक्य चाँडो जुन उद्योगको सिलिन्डर हो, सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’
मन्त्रालयले अस्पतालमा जडान भएका अक्सिजन प्लान्ट वा ट्यांकरहरु जतिसक्दो चाँडो मर्मत गरी पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ । साथै अस्पतालमा अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न पनि आग्रह गरेको छ ।
कोरोना संक्रमित बिरामीका लागि अक्सिजन अत्यावश्यक हुने भन्दै खाली भएको सिलिन्डर उद्योगमा ल्याइदिन सरकारले आग्रह गरेको छ ।
https://buypropeciaon.com/ - propecia generika 1mg
Kosten Levitra Ihre
Propecia Ganadores
Viagra Vente levitra mal de tete Celemy It can gear down motion so that a large hand movement produces a much smaller robot version thereby improving precision for microsurgery.
Lizanna
http://buytadalafshop.com/ - buy cialis without prescription