मंगलवार ३० असार, २०८३ (Tuesday July 14, 2026)

च्याङग्रा बेचेर ३५ करोड कमाए मुस्ताङ बासीले

आईतवार २१ कार्तिक, २०७८ विचारवाटिका 2048


च्याङग्रा बेचेर ३५ करोड कमाए मुस्ताङ बासीले

कात्तिक २१, यसपालीको दशैं तथा तिहारमा मुस्ताङबाट ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ ।

सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपँैया  भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दशैंमा सात हजार र तिहारका लागि तीन हजार वटा च्याङग्रा निकासी भएको बताए ।

“स्वास्थ्य परिक्षण गरेर निकासी गरेका आधारमा करिब दश हजार च्याङग्रा बाहिरिएका छन्”, उनले भने “कृषकले गोठबाटै प्रतिगोटा ३५ हजारका दरले च्याङग्रा बेचेका छन् ।” तिब्बतबाट भेडाच्याङ्ग्रा नआएपछि बिगतको तुलनामा झण्डै आधा सङ्ख्यामा भेडाच्याङग्रा निकासी भएको हो ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु