आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

सुन–चाँदीको मूल्यमा भारी गिरावट

मंगलवार ७ मंसिर, २०७८ विचारवाटिका 1088


सुन–चाँदीको मूल्यमा भारी गिरावट

मंसिर ७, काठमाडौं । सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एकैदिन ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आज तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । सोमबार उक्त सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदीको प्रतितोला भाउ १२७० बाट १२ सय ५५ रुपैयाँमा आइपुगेको छ ।

अन्तर्राष्ट्रिय बजारको असरकै कारण नेपालमा पनि सुनचाँदीको मूल्यमा गिरावट आएको महासंघले बताएको छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु