मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

संक्रमण बढेपछि राहदानी वितरण स्थगित

मंगलवार ४ माघ, २०७८ विचारवाटिका 1892


संक्रमण बढेपछि राहदानी वितरण स्थगित

माघ ४, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएको कारणले गर्दे राहदानी वितरण स्थगित भएको छ । 

विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगित गरिएको छ । अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङ्गको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने राहदानी विभागले जनाएको छ ।

उपचारका लागि विदेशमा जाने तथा अत्यन्त जरुरी परेका अवस्थामा राहदानीका लागि इमेल (emergency@nepalpassport.gov.np) अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारणसहित अनुरोध गर्नुपर्नेछ । सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदनबारे विभागले दुई दिनभित्र इमेलबाटै जानकारी गराउने छ ।

साथै जिल्ला प्रशासन कार्यालयहरुबाट लाइभ इनरोलमेन्ट भई आएका आवेदनअनुसार राहदानीको उत्पादन गर्ने र जिल्लामा पठाउने कार्य जारी नै रहने विभागले जनाएको छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु