सोमबार २८ पुष, २०८२ (Monday January 12, 2026)

ब्लोदानको समन्वयमा रामेछाप नगर सम्पर्क मञ्चको रक्तदान कार्यक्रम सम्पन्न 

शनिबार २९ माघ, २०७८ विचारवाटिका 2815


ब्लोदानको समन्वयमा रामेछाप नगर सम्पर्क मञ्चको रक्तदान कार्यक्रम सम्पन्न 

माघ २९ काठमाडौं ,ब्लड डोनर्स एसोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाको समन्वयमा नेकपा एमाले रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजित खुल्ला ,रक्तदान कार्यक्रम भब्य रूपमा अनामनगर अबस्थित मनोरन्जन पार्कमा सम्पन्न भएको छ।

   राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बिनिता सुवेदी ,बागमती प्रदेश सम्पर्क कमिटीको उपाध्यक्ष डा.दुर्गा दाहाल,सचिव उत्तम पाठक,ब्लड डोनर्स एसोसिएशन नेपाल (ब्लोदान)का केन्द्रीय उपाध्यक्ष उज्ज्वल के.सी.,कोषाध्यक्ष मचाकाजी महर्जन ,केन्द्रीय सदस्य रवि रिमाल ,राधिका श्रेष्ठ ,ब्लोदानका केन्द्रीय सदस्य तथा जनप्रतिनिधि बिनोद तुलाधर ,ब्लोदान काठमाडौ जिल्ला शाखा अध्यक्ष जनक खड्का ,सदस्य सीता न्याउपाने,मध्य क्षेत्र बाट सुमित्रा सेन,नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटी सदस्य टेक बहादुर श्रेष्ठ,देवु बस्नेत ,रमेश कुमार रोक्का ,जिल्ला कमिटी रामेछापको सदस्य विन्दा घिमिरे ,सीता कुमारी खत्री ,राम बुढाथोकी ,सूर्य माझी राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य दिनेशराज कार्की ,रामेछाप –काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बद्री भण्डारी ,सचिव राकेश श्रेष्ठ लगायत विभिन्न पालीका सम्पर्क मञ्चका अध्यक्ष हरू,रामेछाप नगर सम्पर्क मञ्चका नेता तथा कार्यकर्ता हरू सहित ८०–८५ जनाको कार्यक्रममा उपस्थिति रहेको थियो।

  कार्यक्रममा ब्लोदान काठमाडौं जिल्ला शाखाका अध्यक्ष खड्काले आफ्नो महत्त्वपूर्ण भनाई राख्ने क्रममा ब्लड र ब्लोदानको बारेमा बताउनु हुँदै ब्लोदानले सधै फागुन २२गते राष्ट्रिय रक्तदान दिवस मनाउँदै आहिरहेको समेत जानकारी गराउनु भयो।

  रामेछाप नगर सम्पर्क मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा कान्तिपुर ब्लड बैकका प्रविधिक टोलीले रगत संकलन गर्नुभएको थियो भने कार्यक्रम अवधिभर ४० भन्दा बढी रक्तदाता हरूले रक्तदान  गर्नु भएको थियो।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु