सोमबार १९ आश्विन, २०८३ (Monday October 05, 2026)

ज्येष्ठ नागरिकका लागि अस्पताल खोल्ने

बिहीबार २६ फाल्गुन, २०७८ विचारवाटिका 2188


ज्येष्ठ नागरिकका लागि अस्पताल खोल्ने

फागुन २६ काठमाडौं, आज बसेको मन्त्रिपरिषद बैठकले ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले ज्येष्ठ नागरिकहरूका लागि छुट्टै अस्पताल सञ्चालन राखेको प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गरेको हो। 

‘चितवन, मकवानपुर, सिन्धुली, काभ्रे, धादिङ, कहाँ स्थापना गर्ने हो, देशको मध्य मागमा स्थापना हुनेछ,’ खतिवडाले भने, ‘अब चाँडै जग्गा खोज्ने प्रक्रिया अघि बढ्छ।’

पचास वर्षमाथिका सबै नागरिकलाई वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय भएको खतिवडाले जानकारी दिए ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु