आईतवार ९ कार्तिक, २०८३ (Sunday October 25, 2026)

रामेछाप –काठमाडौं सम्पर्क मञ्चद्वारा  चुनावी समिक्षा तथा सम्मान

आईतवार १७ पुष, २०७९ विचारवाटिका 2978


रामेछाप –काठमाडौं सम्पर्क मञ्चद्वारा  चुनावी समिक्षा तथा सम्मान

पुस १७ काठमाडौं ,नेकपा एमाले रामेछाप – काठमाडौं सम्पर्क मञ्चले विस्तारित बैठकको आयोजना गरि २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको  समीक्षा गर्नुको साथै सम्पर्क मञ्च बाट प्रतिनिधि सभा निर्वाचित समानुपातिक संसद रण कुमारी बलम्पाकी मगर र रामेछाप जिल्ला बाट प्रदेश सभामा निर्वाचित समानुपातिक संसद आनन्द कुमार श्रेष्ठ र माया कार्कीलाई सम्पर्क मञ्चको तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना सहित सम्मान समेत गरेको थियो।

  सम्पर्क मञ्चको अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा तथा नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वयको इन्चार्ज लालबाबु पण्डितको प्रमुख आतिथ्यमा आयोजना भएको विस्तारित बैठकमा नेकपा एमालेका केन्द्रीय   नेता ,सम्पर्क समन्वयको नेता ,प्रदेश स्तरीय तथा प्रदेश सम्पर्क स्तरीय नेता , जिल्ला तथा पालिका स्तरीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

  बैठकमा पालिका स्तरीय नेताहरूले निर्वाचनमा काठमाडौं बाट मतदाताहरूलाई गाउँ गाउँसम्म पुर्याउदा र निर्वाचनको दिन  भोगनु परेको लगायत विविध समस्या  रिपोर्टिङमा राखेको थियो।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु