आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

रामेछाप –काठमाडौं सम्पर्क मञ्चको वृहत् वानभोज तथा भित्तेपात्रो लोकार्पण 

आईतवार ३ बैशाख, २०८० विचारवाटिका 2750


रामेछाप –काठमाडौं सम्पर्क मञ्चको वृहत् वानभोज तथा भित्तेपात्रो लोकार्पण 

   बैशाख ३ काठमाडौं ,नेकपा (एमाले) रामेछाप – काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजीत वृहत् वनभोज तथा नयाँ वर्ष २०८० सालको भित्तेपात्रो लोकार्पण कार्यक्रम भव्य र सव्यरूपमा सम्पन्न भएको छ ।

  बैशाख दुई गते शनिबार शहीद स्मारक प्रकृति प्रतिष्ठान थानकोट त्रिभुवन पार्कमा नेकपा (एमाले)को केन्द्रीय कमिटी सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्य तथा सम्पर्क मञ्चको अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको वनभोज कार्यक्रममा केन्द्रीय नेताहरू माधब ढुङ्गेल ,गिता कार्की ,निरू दर्लामी ,सम्पर्क समन्वय कमिटीको नेताहरू सरिता दाहाल,रामप्रसाद रिमाल,मोहन के.सि., लक्ष्मी न्यौपाने,राम पाण्डे ,बागमती प्रदेश कमिटीको सदस्यहरू शान्ति प्रसाद पौडेल,रत्न प्रसाद गौतम,प्रेम बहादुर तामाङ ,कृष्णहरि अधिकारी ,ज्ञानकुमार श्रेष्ठ ,टंक चौलागाई,श्यामकृष्ण श्रेष्ठ ,गंगा कार्की बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशोक कुमार ठकुरी ,सचिव उत्तम पाठक,उपसचिव सरोज मोहन लामा लगायतका नेताहरू,रामेछाप जिल्ला कमिटीको सचिव पुरूषोत्तम कडरिया लगायतका नेताहरू,राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष कृष्णहरि के.सि. , सचिव जय गुरूङ लगायतका नेताहरू ,लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रीय कमिटी सचिव मन्दिरा श्रेष्ठ लगायत रामेछापका विभिन्न तहका नेता तथा कार्यकर्ताहरू लगायत गरि छ सय भन्दा धेरै शुभचिन्तकहरूको वनभोज कार्यक्रममा उपस्थिति रहेको सम्पर्क मञ्चको अध्यक्ष राकेश श्रेष्ठले जानकारी गराउनु भयो ।

    सम्पर्क मञ्चको उपसचिव अम्बिका बोहोराको संयोजकत्वमा आयोजना गरिएको वनभोज कार्यक्रमलाई सम्पर्क मञ्चको सचिव रविन्द्र भण्डारीले सञ्चालन गर्नुभएको थियो भने,कार्यक्रममा चर्चित कलाकारहरू सूर्यमणी आचार्य ,गिता सेन्चुरी ,शिवसागर मगर तथा तिर्थ पाख्रीनले साँस्कृतिक मनोरञ्जन दिनुको साथै बागमती प्रदेश सम्पर्क कमिटी सल्लाहकार हरि बहादुर श्रेष्ठ (नवीन) ले विभिन्न खेल खेलाएर भर्पुर मनोरञ्जन दिएको थियो ।


   तस्बिर : खिल बहादुर श्रेष्ठ




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु