सोमबार २९ आश्विन, २०८०
असोज २९ काठमाडौं ,नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्चले बडा दशैको घटस्थापनाको दिन एक भब्य कार्यक्रमको आयोजना गरि बडा दशै, शुभ–तिहार, छठ लगायत पर्वहरूको शुभकामना आदानप्रदान तथा नर्व निर्वाचित नेकपा एमाले बागमती प्रदेश कमिटी पदाधिकारी र रामेछाप जिल्ला बाट निर्वाचित प्रदेश कमिटी सदस्यहरू लाई सम्मान गरेको छ ।
नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता तथा रामेछाप –काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित ,बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेल ,केन्द्रीय सदस्यहरू गणेश पहाडी ,माधब ढुङ्गेल , गिता कार्की ,सम्पर्क समन्वयको संयोजक श्याम बस्नेत लगायतका नेताहरू, बागमती प्रदेश कमिटीका सचिव नवराज सिलवाल लगायतका पदाधिकारी तथा सदस्यहरू बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष असोक कुमार ठकुरी लगायतका पदाधिकारी तथा सदस्यहरू,रामेछाप जिल्ला कमिटी सचिव पुरूषोत्तम कडरिया लगायतका पदाधिकारी तथा सदस्यहरू विभिन्न जिल्ला सम्पर्क मञ्चका अध्यक्षहरू, चर्चित कलाकार अमृत खाती,राजेन्द्रकुमार कार्की अतिथि रहनु भएको थियो ।
नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्चले चाडपर्वको अवसरमा आयोजन गरेको कार्यक्रम भएकोले बागमती प्रदेश कमिटी पदाधिकारी तथा सदस्यहरू सगै सम्पर्क मञ्च द्वारा आयोजित युवा लक्षित दश दिने कार्यक्रम कफि मेकर बरिस्ता तालिमका प्रशिक्षक तथा तालिममा सहभागी २४ जना विद्यार्थीहरू समेत सम्मान गर्नुका साथै चर्चित कलाकार अमृत खाती र राजेन्द्रकुमार कार्कीको प्रस्तुतिले थप मनोरन्जन गरायको थियो ।
Very interesting information! Perfect just what I was looking for! My site: e sabong
I found this post very interesting and informative. Thank you for sharing your special thoughts with us. My site: fish tales online game
Manisha Khadka
Lets see