बिहीबार ८ कार्तिक, २०८१
कार्तिक ८ काठमाडौं , साफ महिला च्याम्पियनसिपकाे समुहको अन्तिम खेलमा श्रीलंकालाई ६-० ले हराउँदै समुह बी बाट नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

आज बिहिवार दशरथ रंगशालामा भएकाे खेलमा रेखा पाैडेलले दुई तथा सविता रानामगर ,सावित्रा भण्डारी ,अमिषा कार्की र रश्मीकुमारी घिसिङले समान एकगाेल गरेकाे थियाे , तीन खेलबाट समान सात अंक भए पनि गाेेल अन्तरमा भुटान उपविजेता भएकाे थियाे ।
समूह ए बाट भारत उपविजेता र बंगलादेश बिजेता बन्दै यस अघिनै सेमिफाइनलमा प्रवेश गरिसकेको छ, अब समूह ए काे उपविजेता भारत र समुह बिकाे विजेता नेपाल बिच आइतबार सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ ।