आईतवार १८ आश्विन, २०८३ (Sunday October 04, 2026)

अस्मिता र सुमनकाे "सौभाग्य मेरो जीवनको" सार्वजनिक ।

सोमबार २२ पुष, २०८१ Bichar Batika 1947


अस्मिता र सुमनकाे   "सौभाग्य मेरो जीवनको" सार्वजनिक  ।

पूष २२काठमाडौँ , बेजिला फिल्मस् को  प्रस्तुति रहेको प्रेमिल गीत "सौभाग्य मेरो जीवनको" सार्वजनिक भएको  छ। गीतमा सुमन केसी र अस्मिता अधिकारीको सुमधुर  स्वर सुन्न सकिन्छ। गीतका शब्द किशोर पोखरेलले लेखेका हुन् भने संगीत रमेश अन्जन कडरियाको रहेको छ। गीतलाई गायक सुमन केसीले नै संगीत संयोजन गरेका छन्।  

गीतको भिडियोलाई  लक्ष्मण पुन लक्स को निर्देशनमा तयार पारिएको हो । सहाएक निर्देशनमा धर्मेन्द्र पुर्जा रहेका  छन्। भिडियोमा लक्ष्मण पुन लक्स र लक्ष्मी पुर्जा  मुख्य भूमिकामा देखिएका छन्। भिडियोको छायाँकन गोविन्द बिष्टले गरेका हुन्।

भिडियोको  सम्पादन र कलर सुधार सुप्रिम पराजुलीले गरेका छन्। जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस म्युजिक भिडियोले  दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। भिडियो  बेजिला फिल्मस् को आधिकारिक  युट्युब च्यानलमा उपलब्ध छ।

       भिडियो लिं

https://youtu.be/f18MVpZ0UAU?si=epLL7wgNdLnibmsB

 



यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु