आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै।

शुक्रबार १९ बैशाख, २०८२ Bichar Batika 1232


भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै।

  सन्जिब दुलाल ,

बैशाख १९ भक्तपुर , भक्तपुरमा पहिलो पटक हुन लागेको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगितामा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडल विजेता खेलाडी भिड्ने भएका छन् ।

नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा हुन लागेको पहिलो राष्ट्रव्यापी फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगितामा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक जित्ने १३ खेलाडी भिड्ने भएका छन् ।

भोली देखि हुने खेलका लागि हिजो बुधवार भएको अन्तिम नामावली दर्ता तथा तौल मापन पस्चात खेलमा १३ जना स्वर्ण पदक विजेता खेलाडी पनि सहभागी हुन लागेको प्रशिक्षक सचितानन्द बनेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सम्म १३ स्वर्ण ल्याउने खेलाडीहरू तथा थाइल्यान्डमा सम्पन्न भएको अन्ताराष्ट्रिय खेलमा नेपालका तर्फबाट कांस्य पदक जित्ने ३ खेलाडी पनि भक्तपुरमा जारी खेलमा सहभागी हुन लागेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार साउथ एसियन च्याम्पियनसिप, साफ गेममा , अन्ताराष्ट्रिय खेलहरूमा , खुल्ला गणेशमान सिंह किक बक्सिङ प्रतियोगितामा, मंगदादेवी किक बक्सिङ प्रतियोगिता लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा स्वर्ण विजेता खेलाडी देखि कांस्य र रजत विजेता खेलाडीहरू पनि भक्तपुरमा जारी खेलमा सहभागिता जनाउन आएपछि खेल रोचक हुने भएको छ ।

प्रतियोगिता अन्तर्राष्ट्रिय मान्यता अनुसार तौल तथा वर्गगत रूपमा हुने समेत अध्यक्ष जाकिबञ्जारले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा कुल ११ वटा तौल तथा वर्गगत प्रतिस्पर्धाहरू हुने छन् जसमा पुरुष तर्फ ५१ केजी, ५४ केजी, ५७ केजी, ६३ दशमलव ५ केजी, ६७ केजी, ७५ केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ भने महिला तर्फ ५२ केजी, ५७ केजी, ६० केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ ।

यस्तै प्रतियोगिताको विशेष आकर्षणको रूपमा २ वटा प्रो फाइट ९व्यावसायिक स्तरका खेल० समेत खेलाइने अध्यक्ष ले जानकारी दिनुभएको थियो ।

यस्तो किसिमको भक्तपुरमा पहिलो पटक प्रतियोगिता आयोजना हुन लागेको बताउँदै उहाँले यस्ता प्रतियोगिताबाट खेलाडी तिखारिने तथा व्यावसायिक रूपमा खेलमा लाग्न सहयोग समेत मिल्ने बताउनुभएको थियो ।

खेलाडीहरूको सुरक्षालाई मध्यनजर गर्दै आयोजक समितिले प्रत्येक खेलाडीलाई प्रतियोगिता अवधिभर एक साता सम्म लागू हुने गरी रु। २ लाख सम्मको बिमा समेत गरेको छ । उहाँका अनुसार प्रतियोगिता विश्व किक बक्सिङ महासङ्घ(wAKO) द्वारा स्वीकृत K–1  नियमावली अनुसार सञ्चालन हुनेछ । प्रत्येक बाउट ३ राउन्डको हुनेछ, र प्रत्येक राउन्डको अवधि २ मिनेट निर्धारण गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा खेलाडीहरूलाई शिल्ड प्रमाणपत्र तथा नगद पुरस्कारले समेत सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु