बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

भट्टराईको स्वर तथा संगीतमा तिम्रै मुटुमा गीत सार्वजनिक ।

शुक्रबार २३ जेष्ठ, २०८२ Bichar Batika 1287


भट्टराईको स्वर तथा संगीतमा तिम्रै मुटुमा गीत सार्वजनिक ।

जेष्ठ २३ काठमाडौ,  गायिका बबिना भट्टराईको स्वर तथा संगीत एवम् कैलाश घिमिरेको शब्दमा प्रेमिल भाव बोकेको आधुनिक गीत‘तिम्रै मुटुमा’सार्वजनिक भएको छ ।
 गीतकार कैलाश घिमिरेले ‘तिम्रै मुटुमा’ मार्फत एउटा प्रेमीको भावनात्मक व्यथा,तडप,र समर्पणलाई निकै कोमल र भावुक रूपमा प्रस्तुत गरेका छ ।
तिम्रै मुटुमाधड्कि चाहन्छु मायाकाे झरी बनी म तिम्रै
 लागि बर्सिन चाहन्छु,
मायाले हेरिदेउ मलाई, मायाले बेरिदेउ मलाई
मायाकै अमृत पिलाई मदहोस गराइदेउ मलाई यस्तै यस्तै गितका शब्द हरूले भरिएका ‘तिम्रै मुटुमा’ गीत गहिरो प्रेम, समर्पण,आकर्षण र एकताको भावना पोखेको गीत बनेको छ। 

एउटा प्रेमीले आफूलाई सम्पूर्ण रूपमा प्रेमिकाको सामु अर्पण गरेको छ । ऊ प्रेमिकाको नजर, स्पर्श, मायाको रस र अँगालोमा आफ्‌नो जीवनको सार देख्दछ । मायामा हराउन, बिलिन हुन चाहिरहेको छ । गीतमा प्रेमीले आफ्नो सम्पूर्ण अस्तित्व प्रेमिकालाई समर्पित गर्दै माया मागिरहेको छ, शब्दहरु भावनात्मक, कोमल र गहिरा छन्, जसले गीतलाई प्रेमिल बनाएको छ ।
विशेषतः युवा पुस्ता जो गहिरो प्रेममा परेका छन् त्यस्ता प्रेमिल मनलाई ‘तिम्रै मुटुमा’ गीतले गहिरो भावमा डुवाउनेछ । पछिल्लो समय नेपाली आधुनिक गीत,संगीतमा जब बबिना भट्टराईको नाम आउँछ, श्रोताको मनमा एउटै अनुभूति जाग्छ  कोमलता, प्रेम, र भावुक धुनहरू सहितको मिठास । यिनै भावहरू बोकेको ‘तिम्रै मुटुमा’  गीतले फेरि एकपटक प्रेमिल मनहरुलाई तानिरहेको छ । अन्य गीतहरुमा जस्तै ‘तिम्रै मुटुमा’ बोलको यो गीतमा पनि बबिनाको आवाज शान्त र स्थिर छ तर यस गीतमा त्यो स्थिरताभित्र पनि गहिरो प्रेमको तडप छ । संगीत सरल छ, कुनै भारी संयोजन छैन, कुनै जटिल प्रयोग छैन तर त्यही सादगी र सरलपनमा मिठास छ । ‘मायाको झरी’ जस्तै बबिनाको स्वर पनि न तिब्र, न सुस्त, तर एक लयबद्ध रुपमा सुललित भएको छ । प्रेमिल भावको गीत ‘तिम्रै मुटुमा’ कैलाश घिमिरेका शब्दहरू केवल गीतका लागि मात्र लेखिएको होइन, त्यो प्रेमको गहिरो अनुभूतिबाट निस्किएका झैं  लाग्छन् । ‘तिम्रै मुटुमा’ कुनै क्षणिक हिट हुने  गीत होइन यो त त्यो प्रकारको गीत हो युग युग सम्म प्रेमिल मुटुहरुमा गुञ्जिरहन्छ गीत‘तिम्रै मुटुमा’ मा देवेन्द्र नेवाःको एरेन्ज रहेको छ ।  
अकेष्टिक नेपालको स्टुडियोमा दिल समर्पण र राजाबाबु थारुले रेकर्ड गरेका उक्त गीतकोे मिक्सिङ मास्टरिङ प्रकाश मिश्रले गरेका छन् ए.जे.अजुले छायाकंन र निर्देशन गरेका ‘तिम्रै मुटुमा’ गीतको  भिडियो सम्पादन भने अनिल विष्ट प्युठानीले गरेका छन् । भिडियोमा बबिना आफै फिचर्ड भएकी छिन् । ‘तिम्रै मुटुमा’ गीतको भिडियोमा रोजिना श्रेष्ठको  श्रृङ्गार रहेको छ ,गीत ‘तिम्रै मुटुमा’ भिडियो गायिका तथा संगीतकार बबिना भट्टराईको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु