आईतवार १८ आश्विन, २०८३ (Sunday October 04, 2026)

सुचना तथा सञ्चार मन्त्री गुरूङकाे उपस्थितिमा जिल्ला स्तरीय कार्यशालाकाे आयाेजना गर्दै ।

सोमबार १६ असार, २०८२ Bichar Bstika 1620


सुचना तथा सञ्चार मन्त्री  गुरूङकाे उपस्थितिमा जिल्ला स्तरीय कार्यशालाकाे आयाेजना गर्दै ।

असार १६ रामेछाप ,  नेकपा ( एमाले ) जिल्ला कमिटी रामेछापले  राजनैतिक  र सांगठानिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपमहासचिव तथा नेपाल सरकारको सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङकाे प्रमुख आतिथ्यतामा मंगलबार जिल्ला स्तरीय कार्यशालाकाे आयोजना गर्ने भएको छ।

जिएस एल्लाे हाेटल मन्थलीमा हुने  कार्यशालामा पालिका कमिटी पदाधिकारी, वडा कमिटी अध्यक्ष तथा सचिवहरू, साथै जिल्ला जनसंगठनका अध्यक्ष र सचिवहरूको सहभागी रहने रामेछाप जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राकेश श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

  नेकपा (एमाले)  रामेछाप जिल्ला संगठन विभागको संयोजनमा आयोजना हुने कार्यशालामा पार्टीको सांगठानिक सुदृढीकरण, कार्यदिशा तथा आगामी रणनीतिबारे विस्तृत छलफल हुने समेत विभाग प्रमुख श्रेष्ठले  जानकारी गराउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु