सोमबार १५ असार, २०८३ (Monday June 29, 2026)

शीर्ष कम्युनिष्ट नेताहरू राष्ट्रिय सभागृहमा एउटै मञ्चमा ओलीदेखि यादव सम्म ।

आईतवार १४ असार, २०८३ Bichar Batika 1163


शीर्ष कम्युनिष्ट नेताहरू राष्ट्रिय सभागृहमा एउटै मञ्चमा    ओलीदेखि यादव सम्म ।

असार १४ काठमाडौं ,नेकपा ( एमाले )का तत्कालीन महासचिव  जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनद्वारा  आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक राष्ट्रिय गोष्ठीमा कम्युनिष्ट आन्दोलनका शीर्ष नेताहरू एउटै मञ्चमा देखिने भएका छन् । 

आज राष्ट्रिय सभागृहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे प्रमुख आतिथ्यतामा हुन गहिरहेकाे गोष्ठीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड,सह-संयोजक माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गाेष्ठीमा सम्बोधन गर्ने कार्यक्रम तय भएकाे आजकले जनाएकाे छ।

गत असार १२ गते विराटनगरमा आयोजित एक कार्यक्रममा प्रचण्डले ‘समाजवादी मोर्चामा रहेका शक्तिहरूसँग छिट्टै एकता र एमालेसँग सहकार्य हुन सक्ने’ सार्वजनिक अभिव्यक्ति दिए पछि संसदका फरक–फरक धार र गठबन्धनमा रहेका शीर्ष कम्युनिष्ट नेताहरू एउटै मञ्चबाट प्रस्तुत हुन लागेकाले यस कार्यक्रमलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु