बिहीबार २५ भाद्र, २०८३ (Thursday September 10, 2026)

आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

बिहीबार २५ भाद्र, २०८३ Bichar Batika 1100


आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ  २५ काठमाडौं, देशभर आज मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा मधेशसहित बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भू–भागका धेरै स्थानमा तथा सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
तराई क्षेत्रमा पनि मौसम बदली रहने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर बदली रहनेछ, हिमाली क्षेत्रमा हिमपात तथा वर्षाको सम्भावना रहँदा पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान छ




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु