आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

सेयर बजारमा ६ अंकको ‘करेक्शन’ 

मंगलवार ११ जेष्ठ, २०७८ विचारवाटिका 2018


सेयर बजारमा ६ अंकको ‘करेक्शन’ 

जेठ ११, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ५० अंकले घटेर २ हजार ८ सय १६ दशमलव ५६ अंकमा झरेको छ । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने करेक्शन देखिएको छ । 

‘क’ वर्गक कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५१ अंकले घटेर ५ सय ३ दशमलव ९९ अंकमा झरेको छ । 

मंगलबार १ लाख १२ हजार १४८ वटा कारोबार हुँदा २१९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँ पुगेको छ ।

सोमबार १३ अर्ब नाघेर इतिहास रचेको कारोबार रकम मंगलबार भने केहि कम देखिएको छ ।

 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु