बिहीबार ३ असार, २०७८
असार ३, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार साताको अन्तिम दिन झिनो अंकले घटेको छ ।
बुधबार ५२ अंकले घटेको नेप्से परिसूचक बिहिबार भने १ दशमलव ३ अंकले घटेर २ हजार ९ सय ६८ दशमल ४२ अंकमा झरेको छ ।
नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त रहेको भन्दै मंगलबार ५१ कम्पनीको नाम नै तोकेर सूची सार्वजनिक गरेको थियो । बोर्डको यो कदम पछि बुधबार सेयर बजारमा प्रभाव देखिए पनि बिहिबार भने ठूलो प्रभाव देखिएन । नेप्सेमा कारोबार हुने समूहगत सवइन्डेक्सहरु मध्ये ६ वटा बढेका छन् ।
बिहिबार १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से परिसूचकमा खासै प्रभाव नदेखिए पनि कारोबार रकम भने सुस्ताएको छ ।

