शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

इजरायलले गर्यो २० करोडको स्वास्थ्य सामग्री सहयोग 

बिहीबार २४ असार, २०७८ विचारवाटिका 2660


इजरायलले गर्यो २० करोडको स्वास्थ्य सामग्री सहयोग 

असार २४, काठमाडौँ । इजरायलले सहयोग गरेको २० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल वायुसेवा निगमको चार्टड फ्लाइटमार्फत बिहिबार विहान सवा ११ बजे नेपाल आइपुगेको छ ।  

इजरायली राजदूत हनान गोडेरले विमानस्थलमा नेपालको स्वास्थ्य मन्त्रालयका अधिकारीलाई सामान हस्तान्तरण गरेका छन् । 

राजदूत अञ्जान शाक्यका अनुसार ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आईसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित सामग्री सहयोग गरेको हो ।                

‘इजरायलले कोभिड—१९ सँग सम्बन्धित अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्ने सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत डा. शाक्यले बताइन् । 

राजदूत शाक्यले भनिन्, ‘नेपाल आएका ती स्वास्थ्य सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्राप्त भएका हुन् ।’




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु